हाइकुकार
धर्म राज राजकर्णिकार
हाइकु
--0--
त्यो मध्यरात
चाँदनिको प्रकाश
भिजेका आँखा !
बलेसी पानी
हराभरा छिमेकि
सुख्खा ऑगन ।
ठण्डा मौसम
घाम प्यारो हुन्छ नै
अहिले गर्मी !
घर भंडुवा
सुतुक्क घर छिर्छ-
धरति फाट्छ ।
गाग्रीको पानी
छताछुल्ल बाटामा
पोखरी रित्तै !
दही पोखरी
कलमको उफ्राइ
नाच्छे चिउरा !
सेतो गुलाफ
औंसीको मध्यरात-
पैंताला मुनि ।
ढोकैमा दशैं
हात हातै कोशेलि
चिल्लो थुतुनो ।
घर भंदुवा
चहार्दै कोठा कोठा
लाचार मुली !
हिजोको कुरा
जवर्जस्ति विर्सेको-
सुनौला घाम ।
---00---
~ धर्म राज राजकर्णिकार
काठमांडू, नेपाल
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें