हाइकु कवयित्री
हिरा खड्का अधिकारी
हाइकु
--0--
विरह पोख्छे
वैशाखे घाम ओढी
कोइली चरी ।
डाली समाई
काफल पाक्यो भन्छे
चरी रमाई ।
बलोस चुलो
सुखी होस जीवन
ज्यामी दाइको ।
वर्षाद रानी
वायुपङ्खी घोडामा
सवार गरिन् ।
रुदा चन्द्रमा
तप्प चुहियो शीत
फूल पातमा ।
धुम्म आकाश
बादलको बिस्कुन
छलियो खुसी ।
गुराँस केली
डाक्दछन वसन्त
शिशिर ठेली ।
सिम्रिक रङ्ग
पोख्दछ तिनजुरे
पाहुना दङ्ग ।
रातो क्षितिज
मृदुल मुस्कानमा
गुराँसे वन ।
साँझको दियो
झार्दै निशाको शेखी
डाक्दछ खुशी ।
शीतका थोपा
झिलमिल सितरा
रातो गुलाफ ।
---00---
~ हिरा खड्का अधिकारी
(नेपाल)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें